
गाईघाट, माघ ८
उदयपुरको त्रियुगा नगरपालिकामा कार्यरत एक नगर प्रहरी पक्राउ परेका छन् । अत्यधिक मादक पदार्थ सेवन गरी अभद्र व्यवहारसहित होहल्ला गरेको आरोपमा त्रिनपा १० का कृष्ण बस्नेत पक्राउ परेका हुन् । बुधबार राती ८ः०० बजे गाईघाट बजारबाट पक्राउ परेका बस्नेत अहिले जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा छन् ।
