
पूणर्पुष्टि, मंसिर २२
चौदण्डीगढी नगरपालिका वडा नं ८ का वडा अध्यक्ष श्यामकुमार खपांगी मगरको सोमवार अन्यष्टी गरिएको छ । आइतवार मृत्यु भएको मगरलाई हजारौं शुभेच्छुकहरुबीज त्रियुगा नदीमा अन्यष्टी गरिएको हो ।
मगर गत कार्तिक २४ देखि एक्कासी स्वासप्रस्वासमा समस्या देखिएपछी थप उपचारको लागि अस्पताल लगिएको थियो ।
६४ वर्षीय मगर विराटनगरको नोवेल अस्पतालमा उपचारकै क्रममा आईतबार साँझ ५ः३० बजेको समयमा निधन भएको हो ।
मगर २०७४ को स्थानीय नर्वाचनमा नेपाली कांग्रेस पार्टीको तर्पmबाट अध्यक्ष पदमा विजयी भएका थिए । यसअघि उनी गाउँ कार्य समितिको पूर्व सभापति समेत रहेका थिए ।
