
२१
उदयपुरको बेलका नगरपालिकामा गाडीको ठक्करबाट एक जना युवाको मृत्यु भएको छ । बेलका नगरपालिका–८ सेतीखोलास्थित मदन भण्डारी लोकमार्ग खण्डमा गाडीको ठक्करबाट स्थानीय ३८ वर्षीय हरि खड्काको घटनास्थलमै मृत्यु भएको हो ।
शनिबार साँझ एक परिचय नखुलेको गाडीको ठक्करबाट खड्काको मृत्यु भएको हो । घरबाट बाहिर सडक पार गरेर अर्को टोल जाने क्रममा रामपुर ठोक्सीलाबाट पूर्वतर्फ गइरहेको चारचक्के गाडीले खड्कालाई ठक्कर दिँदा खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
गाडी र चालक फरार रहेका कारण गाडी र चालकको खोजी सुरु भइरहेको उदयपुरको प्रहरी प्रमुख भीमप्रसाद दाहालले बताउनुभउयो ।
