
पूर्णपुष्टि, फागुन १०
चौदण्डीगढी नगरपालिकामा जारी मेयरकपको उपाधी वाड नं ७ ले जितेको छ । ‘प्रथम ऐतिहासिक चौदण्डीगढी खेलकुद महोत्सव(२०७८’ अन्तर्गत शुरु भएको फुटबल प्रतियोगिता सोमबार वडा नम्बर १० हडियालाई ४–० को गोलान्तरले पराजित गर्दै ७ नम्बर वडा बिजयी भएको थियो ।

फागुन १ देखि नगरको वडा नम्बर ५ सुन्दरपुर मैदानमा जारी प्रतियोगितामा ह्याट्रीक गोलसहित ७ नं वडाले उपाधि चुमेको हो । ७ नम्बर वडाको तर्फबाट जर्र्सी नम्बर १६ का आसिस राईले २ गोल गर्न प्रहार गरेका थिए ।

त्यस्तै १७ नम्बर जर्सीका सागर राई र जर्सी नम्बर ५ का खेलाडी विशाल राईले १र१ गोल दिलाएपछि टीम निणरयक जिततर्फ लम्कीएको थियो । विजेता टिमले ७ नम्बर वडाका खेलाडीले ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । त्यस्तै उपविजेता १० नम्बर वडा हडियालाई २५ हजार नगदसहित प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो ।
