
पूर्णपुष्टि, माघ ४
चौदण्डीगढी नगरपालिकाको सम्बन्धित स्वास्थ्य चौकी तथा अस्पतालहरुमा आज बाट बुस्टर डोज लगाउने तालिका छ । कोरोना भाईरस सिजन ३ लाई परास्त गर्न भन्दै थालिएको स्वास्थय मन्त्रालयको सो अभियान मार्फत बुस्टर डोजको मात्र आज र भोली लगाईने स्वास्थ्य कार्यालय उदयपुरले जानकारी दिए । कार्यालयले जिल्लामा बुस्टर डोजको मात्र लगाउने बारे तालिका सार्वजानिक गर्दै आज र भोली चौदण्डीगढीमा लगाईने उल्लेख गरिएको छ ।
बुस्टर डोज अग्रपंक्तिमा खटिने सम्बन्धित व्यक्ति तथा क्षेत्रहरुलाई लगाईने कार्यालयले जनाए । बुस्टर डोज मात्राका लागि १८ बर्ष भन्दा माथी उमेर पुग्नु पर्ने समेत कार्यालयले जनाएको छ । यसैगरी बुस्टर डोज लगाउन पहिले लगाएको खोप मात्र ६ महिना पुग्नु पर्ने समेत जनाईएको छ । बुस्टरको मात्रा लगाउने व्यक्तिले अनिवार्य रुपमा पहिले लगाएको खोप कार्ड लिएर जानु पर्ने छ ।

उदयपुरमा रहेको ४ ओटा गाउँपालिका र ४ ओटा नगरपालिका गरी ८ ओटा खोप केन्द्र तोकेर बुस्टर डोज लगाउने तालिका सर्वाजानिक छ । कार्यालयले चौदण्डीगढीमा ४ र ५ गते , त्रियुगा नगरपपालिका भवनमा ५ र ६ गते, उदयपुर अस्पताल गाईघाटमा ४, ६ र ७ गते, कटारी नगरपालिकामा ६ र ७ गते बुस्टर डोज लगाउने स्वास्थ्य कार्यालय उदयपुरको पत्रमा उल्लेख गरिएको छ । यसैगरी उदययपुरगण्ढी गाउँपालिका ,६ र ७ गते लगाईने र लिम्चुङबुङ , रौतामाई , र ताप्लीमा भने ९ र १० गते लगाईने कार्यालयले जनाएको छ ।

