Tuesday, April 21News That Matters

छात्रालाई बलात्कार गर्न खोज्ने शिक्षक पक्राउ

पूर्णपुष्टि, चैत १६ 

बझाङमा विद्यार्थीलाई बलात्कार गर्न खोजेको आरोपमा एक जना शिक्षक पक्राउ परेको छ । जयपृथ्वी नगरपालिका–६ नौरामा रहेको भवानी माविमा कार्यरत शिक्षक ३१ वर्षीय जगत सिंह पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

सिंहले कक्षा ९ मा अध्ययनरत १४ वर्षीया बालिकालाई जर्बजस्ती करणी गर्न खोजेको प्रहरीले जनाएको छ । पीडित पक्षले दिएको उजुरीका आधारमा आइतबार साँझ शिक्षकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

चैत १४ गते एक्लै पानी भर्न धारामा गएको मौका छोपी ग्वानी भन्ने ठाउँमा बालिकालाई जबर्जस्ती करणी गर्न खोजेको पीडित पक्षले बताएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका शिक्षकलाई प्रहरी हिरासतमा राखेर घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।