
पूर्णपुष्टि, चैत १६
धनुषामा हात्तीको आक्रमणमा एक जना बृद्धाको मृत्यु भएको छ ।
मिथिला नगरपालिका–७ खप्तरी टोलमा गतराति घरमा सुतिरहेका बेला हात्तीले आक्रमण गर्दा ८० वर्षीय पदमबहादुर खप्तरी मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मगरको शव परीक्षणका लागि राति नै प्रादेशिक अस्पताल जनकपुर पठाइएको प्रहरीले जनाएको छ । खप्तरी टोलमा पूर्वी दिशाबाट एउटा हात्ती गाउँ पसेपछि सर्वसाधारणमा भागदौड मच्चिएको थियो ।
गाउँ पसेका हात्तीले घरमा भएको चामललगायत अन्न खानुका साथै १० घरमा क्षति पु¥याएको छ । गाउँलेहरुले जताततै आगो बालेर हो–हल्ला गरेपछि हात्ती पुनः जङ्गलतिर गएको थियो ।
गाउँ नजिकै सामुदायिक वन र राष्ट्रिय वन रहेको छ । यस ठाउँमा वर्षेनी जङ्गली हात्तीले क्षति पु¥याउँदै आएको छ ।
