Thursday, June 4News That Matters

छुट्टा छुट्टै दुई स्थानबाट लागुऔषध सहित तिनजना पक्राउ

पूर्णपुष्टि, बैशाख १६

मोरङ र सुनसरीको छुट्टा छुट्टै दुई स्थानबाट निषेधित लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । भारतको जोगवनीबाट नेपाल आउदै गरेका मोरङ बेलबारी नगरपालिका–३ का ३८ बर्षीय सतिष कुमार सुवेदीको चेक जाँच गर्ने क्रममा लुपिजेसिक–७ एम्पुल, एभिल ७ एम्पुल, डाईजेल्याब ७ एम्पुल र फेनरगन ७ एम्पुल सहित सुवेदीलाई लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

यसै गरी सुनसरीको बराहक्षेत्र–४ स्थितमा अस्थायी प्रहरी चौकी नडाहाबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा को.३६प ७६०३ नम्वरको मोटरसाईकलमा सवार रहेका भारत बिहारका ४० बर्षीय जमिर मन्सुरी र देवानगंज–४ सुनसरीका ४० बर्षीय भुवनेश्वर मेहताको साथबाट लुपिजेसिक ४० एम्पुल, डाइजेपाम ४० एम्पुल, फेनारगन ४० एम्पुल, एभिल ४० एम्पुल, ट्रामाडोल ११०० क्यापसुल बरामद गरेको हो । निषेधित लागुऔषध सहित पक्राउ परेका तीनै जनाको थप अनुसन्धान भईरहेको छ ।