Sunday, May 10News That Matters

छुरा प्रहार गरेर श्रीमतीको हत्या

झापा, पुस ११ गते ।

झापाको शिवसताक्षीमा श्रीमानको छुरा प्रहारबाट श्रीमतीको मृत्यु भएको छ । शिवसताश्री नगरपालिका–६ निबासी ३९ बर्षीया फङके किस्कु मुर्मु श्रीमानको छुरा प्रहारबाट मृत्यु भएको हो ।

भारतको डिगलबैक पञ्चायत घर भई झापाको शिवसताक्षी नगरपालिका–६ मा रहेको धानको काँटामा काम गर्दै  ४० बर्षीय शंकर भन्ने बुधराम मुर्मु बस्दै आएको थियो । श्रीमन श्रीमती विच बिहिवार राती ७ बजे घरायशी बिषयमा बादबिबाद हुदा शंकरले श्रीमतीलाई छुरा प्रहार गरी गम्भीर घाईते बनाएको प्रहरीले जनाएको छ ।

प्रथमिक स्वास्थ्य केन्द्र शिवगंजमा घाईते मुर्मु उपचारको क्रममा राती साढे ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । श्रीमतीलाई छुरा प्रहार गरी हत्या गर्ने बुधरामलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।