Saturday, June 6News That Matters

रुखले किचेर १ जनाको मृत्यु

ताप्लेजुङ, पुस ११ गते ।

ताप्लेजुङको श्रीजंगामा रुखले किचेर एक जनाको मृत्यु भएको छ । श्रीजंगा गाउँपालिका–२ हपुखोला निबासी ५० बर्षीय पदम माया खड्काको रुखले किचेर मृत्यु भएको हो ।

हपुखोला–तेल्लोक जोड्ने सडक जेसिवीले खन्ने क्रममा बिहिवार दिउँसो पौने ४ बजे बडहरको रुख ढलेर स्थानीय खड्कालाई लाग्दा घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । घटनाको थप अनुसनधान भईरहेको प्रहरीले जनाएको छ ।