
पूर्णपुष्टि, भदौ ७
छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जना पुरुषलाई मोरङको बेलबारीबाट पक्राउ गरेकोे छ । बेलबारी नगरपालिका घर भएका ५१ वर्षीय पुरुषलाई आफ्नै १४ वर्षीया छोरी करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका पुरुषलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा राखिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिनुभयो ।
डीएसपी श्रेष्ठका अनुसार पक्राउ परेका पुरुषले आफ्नै १४ वर्षीया छोरी करणी गरेको आरोप रहेको छ । पक्राउ परेका पुरुषले २०७७ साल माघ २० गते राति आफ्नै घरमा छोरीलाई डर र त्रास देखाएर करणी गरेको उजुरी परेको प्रहरीले जनाएको छ । किटानी जाहेरी परेपछि पक्राउ गरेर कानुनी कारबाहीको दायरामा ल्याइएको श्रेष्ठले बताउनुभयो ।

श्रेष्ठका अनुसार पीडितको स्वास्थ्य परीक्षण लगायतका प्रक्रिया पनि अघि बढाइएको छ । पक्राउ परेका पूर्वजम्दारविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन सोमबार अदालतबाट म्याद थप गरेर घटनाको बाँकी अनुसन्धान अघि बढाइने डीएसपी श्रेष्ठले जानकारी दिनुभयो ।
पिडकको परिचय खुलाउदा पिडितको पनि पहिचान खुल्ने भएकोले दुवैको नाम थर गोप्य राखिएको छ । उजुरी दिने व्यक्तिको सुरक्षाको लागि यो घटनामा सो व्यक्तिको पहिचान समेत खुलाइएको छैन ।

