
संखुवासभा, जेष्ठ ११ गते ।
संखुवासभाको खाँदवारीमा जंगली च्याउ खाँदा एक जेष्ठनागरिक विरामी परेको छ । खाँदबारी नगरपालिका–२ खोरियाटोल निबासी ७२ बर्षीया निरमया विक जंगली च्याउ खाएर बिरामी भएकी हुन्् ।
आफ्नै बारीमा उम्रिएको च्याउ शनिवार दिउँसो पकाएर खाँदा जेष्ठनागरिक बि.क. बिरामी भएकी प्रहरीले जनाएको छ । विकको जिल्ला अस्पताल खाँदवारीमा उपचार भईरहेको जनाईएको छ ।
