
सुनसरी, जेष्ठ ११ गते ।
सुनसरीको धरानबाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । धरान उप–महानगरपालिका–१३ बाट ब्राउनसुगर र लागुऔषध ट्याब्लेट सहित समिया लिम्बु, मन्दिम मगर र घनश्याम राई पक्राउ परेका हुन् ।
धरान–१३ को एक घरबाट लागुऔषध बेचबिखन भईरहेको भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान–१३ की २६ बर्षीया लिम्बु, धरान–१३ का२९ बर्षीय मगर र धरान–१५ का ४३ बर्षीय राईलाई ३ ग्राम ब्राउनसुगर, १ सय ५० ट्याबलेट नाईट्रोजन र ८३ हजार रुपैयाँ सहित शनिवार राती करिब ९ बजे पक्राउ गरेको प्रहरीले जनाएको हो ।
पक्राउ परेका तिनै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईप्रका धरानले जनाएको छ ।
