Tuesday, June 23News That Matters

जंगली हात्तीको आक्रमणबाट १ जनाको मृत्यु

झापा, श्रावण २३ 

झापाको कमलमा जंगली हात्तिको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । कमल गाउँपालिका–५ टुक्रेमा जंगली हात्तीको आक्रमणबाट स्थानीय ५८ बर्षीय रोहीत रेग्मीको मृत्यु भएको हो ।

आज बिहान सवा ४ बजेको समयमा जंगलबाट बस्ती छिरेका २ वटा जंगली हात्तीले रेग्मीको टाटीबेराले बनेको घरमा समेत क्षति पुर्याएको छ । घर भत्काउन थालेपछि उनको भाग्ने क्रममा हात्तीले कुल्चिएर मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।