Monday, June 22News That Matters

नेपालमा कोरोनाबाट थप १ जनाको मृत्यु

पूर्णपुष्टि, साउन २३

नेपालमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६६ पुगेको छ ।

बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा उपचार गराइरहेका सिरहा गोलबजारका २३ वर्षीय युवकको आज बिहान मृत्यु भएको जनाएको छ ।

ती युवकको जनकपुरमा डायलाइसिस गर्ने क्रममा कोरोना पोजेटिभ आएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको थियो । सुरुमै चिन्ताजनक अवस्थामा ल्याइएका युवकको आज बिहान मृत्यु भएको जनाईएको छ ।

यसको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जानकारी दिनेछ । अहिलेसम्म नेपालमा २१ हजार ७ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भईसकेको छ भने १५ हजार ३ सय ८९ जना उपचारपछि निको भएका छन् ।