Wednesday, June 3News That Matters

जङ्गली च्याउ खाँदा एकको मृत्यु

पूर्णपुष्टि, चैत २८ गते ।
जङ्गली च्याउ खाएर तनहुँमा एक जनाको ज्यान गएको छ । च्याउ खाएर बिरामी भएको म्याग्दे गाउँपालिका–३ धयरेकी ४७ वर्षीया सुनिमाया थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
यही चैत १८ गते जङ्गलमा च्याउ खोज्न गई घरमा ल्याएर खानासँग तरकारीको रुपमा खाँदा बिरामी भएकी उनको आइतबार नयाँ मेडिकल कलेज चितवनमा ज्यान गएको हो ।
च्याउ खाएर बिरामी उनलाई दमौली अस्पतालमा उपचारपश्चात् थप उपचारका लागि चितवन पठाइएकामा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । च्याउ खाँदा दश जना बिरामी भएका थिए ।