Wednesday, June 17News That Matters

जङ्गली च्याउ खाँदा एकै घरका २ को मृत्यु, २ बिरामी

पूर्णपुष्टि, असार १ गते ।
ओखलढुङ्गामा जङ्गली च्याउ खाँएर दुई जनाको ज्यान गएको छ, भने थप दुृई जना विरामी भएका छन् । जिल्लाको चम्पादेवी गाउँपालिका–७ फूलबारी टोलका एकै घर परिवारका चार जनाले च्याउ खाँदा दुई जनाको मृत्यु भएको छ, भने २ जना बिरामी भएका हुन् ।
जेठ २८ गते आफ्नै बारीमा उम्रिएको च्याउ पकाएर खाएका स्थानीय ९३ वर्षीया मनमाया विष्ट, निजको छोरा २७ वर्षीय राजन विष्ट, राजनको श्रीमती २४ बर्षीया ढक कुमारी लामिछाने र ३ वर्षीया छोरी सरिस्मा विष्ट बिरामी भएका थिए । च्याउ खाएर बिरामी भएका चारै जनालाई उपचारको लागी मिसन अस्पताल ओखलढुङ्गा लगिएकोमा उपचारको क्रममा ढक कुमारी बिस्टको सोही अस्पतालमा मृत्यु भएको थियो ।
अन्य तीन जनालाई थप उपचारको लागी काठमाडौँ टिचिङ अस्पताल पटाइएकोमा उपचारको क्रममा मनमाया बिस्टको ३१ गते मृत्यु भएको तथा अन्य दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।