
पूर्णपुष्टि, भदौ २६
ट्राफिक प्रहरी कार्यालय उदयपुरले गाईघाट बजार आसापास निषेधित क्षेत्रमा पार्किङ गर्ने सवारीलाई कडा कार्वाही थालेको छ । ट्राफिक इन्चार्ज लोक दियालीका अनुसार निषेधित क्षेत्रमा जथावाभी पार्किङ गर्ने सवारीहरु माथी जरिवाना सहित कर्वाही थालिएको जानकारी दिए । यसरी लापर्वाही पाकिङ गर्नाले बजार अस्तव्यस्थ र साना तथा ठुलो सवारी दुर्घटना बढेको भन्दै यसलाई कडाई गरिएको जनाए ।

बिषेशगरी बैँङक लाईनमा सवारी पार्किङ अव्यवस्थीत भएको दियालीको भनाई छ । सोही क्षेत्रमा बाणिज्य बैँङ सहित अन्य बैँक वित्तिय संस्था कार्यालयहरु रहेकाले त्यस क्षेत्रमा पार्किङ अस्तव्यस्त हुने गरेको जनाईएको छ । नो पार्किङमा समेत सवारीहरु तिव्र राखिदा पैदल यात्रुहरुलाई हिड्न समस्या हुनुका साथै अत्यादिक भिँडभाँड बढेको दियालीले जनाए । त्यस क्षेत्र लगायत कुनै पनि बजारको क्षेत्रहरुमा नो पार्किङ बाहेक अन्य ठाउँहरुमा सवारी पार्किङ गर्न नपाउने भन्दै चालकहरुलाई सचेत गराएको छ । चाँडबाँड नजिकिए सँगै दुर्घटना न्युनिकरण गर्न सवारीहरुमा कडाई चेक जाँच सहित पार्किङ क्षेत्रलाई मात्रै प्रयोग गर्न सचेत गराउँदै कार्वाही थालिएको कार्यालयले जनाए ।
साउन महिनामा २७ सवारी दुर्घटना
जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका अनुसार साउन महिनामा मात्रै २७ सवारी दुर्घटना परेको जनाएको छ । कार्यालयका तथ्याङक अनुसार गएको एक महिनामा मात्रै ठुलो संख्यामा सवारी दुर्घटना परेको कार्यालयले जनाए । उक्त दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने ५ जना घम्भीर भाईते र ५६ जना साधारण घाईते भएको छ । मृत्यु हुनेमा दुइ पुरुष रहेका छन् । गम्भीर घाईते हुनेहरुमा ४ पुरुष र १ महिला रहेका छन् । साधारण घाईते हुनेहरुमा पुरुष ४१, महिला १२ जना र बालिका बालक ३ जना रहेको छ । दुर्घटना हुनेमा सबै भन्दा बढी मोटरसाईकल रहेको छ । मोटर साईकल मात्रै १४ ओटा दुर्घटना भएको छ भने बस ३ ओटा, ट्रक १, जिप कार ४, ट्याक्टर १ र टेम्पो २ रहेको कार्यालयको तथ्याङमा उल्लेख छ ।

