Thursday, June 25News That Matters

जनकपुरको ग्याँस पसलमा चोरी

पूर्णपुष्टि, माघ २०
जनकपुरधामको भानु चोक नजिकै रहेको एक ग्याँस पसलमा चोरी भएको छ । रामसोगारथ पण्डितले सञ्चालन गर्दै आएको विजय जेनरल सप्लायर्स पसलमा चोरी भएको हो ।
निकै भिडभाड रहने उक्त चोकमा सञ्चालित पसलबाट पाढडेले ग्याँसको सिलिण्डर तथा ग्याँससम्बन्धी उपकरण बिक्रि गर्दै आइरहेका छन् ।
गोदामको ताल्चा फुटाएर ३ लाख बराबरको सामान चोरी भएको पण्डितले बताउनुभएको छ । उहाँका अनुसार २२ थान ग्याँससहितको सिलिण्डर, १२ थान खाली सिलिण्डर, चुल्हो, लाइटर, बर्नटसहित अन्य उपकरणहरु चोरी भएको छ ।
चोकमा सीसीटिभी क्यामेरा जडान गरेको भएता पनि क्यामेराले काम गर्न छोडेको स्थानीयहरुको भनाई छ ।