Thursday, April 30News That Matters

जनकपुरबाट काठमाडौं तिर गइरहेको बसलाई ट्रकले ठक्कर दिँदा २ को मृत्यु

पूर्णपुष्टि, कार्तिक २४
जनकपरबाट काठमाडौं तिर गइरहेको बसलाई ट्रकले ठक्कर दिँदा दुई जनाको घटनास्थलमै ज्यान गएको छ । ना ७ ख ८७६ नम्बरको रात्रि बसलाई विपरीत दिशाबाट आइरहेको प्रदेश–२–०३०१ ख ५०३५ नम्बरको ट्रकले गए राति हेटौँडास्थित नवलपुरमा ठक्कर दिँदा बसका दुई यात्रुको घटनास्थलमै ज्यान गएको हो ।
मृतकहरुको सनाखत भइनसकेको र अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार बसका घाइते १५ यात्रु र ट्रकको चालकको हेटौँडास्थित चुरेहिल र सहकारी अस्पतालमा उपचार भइरहेको छ ।