
पूर्णपुष्टि, मंसिर १०
राष्ट्रिय जनगणना २०७८ मा खटिएका दुई गणक र एक सुपरिवेक्षकको मृत्यु भएको छ । रसुवामा एक जना गणकले आत्महत्या गरेको तथ्यांक विभागले जनाएको छ । धादिङमा भने भीरबाट लडेर एक जना गणकको मृत्यु भएको छ । त्यस्तै, कैलालीमा भने हर्ट अट्याक आएर एक जना सुपरीवेक्षकको मृत्यु भएको विभागले जनाएको छ ।
जनगणनामा ४० हजार गणक र ८ हजार सुपरीवेक्षक खटिएका थिए । मृतकलाई बिमाबापत क्षतिपूर्ति दिइने भएको छ ।
