Monday, April 20News That Matters

जनता सँग माओवादी अभियान : त्रिनपा ४ मा विद्यार्थी र खेलाडीलाई शैक्षिक तथा खेलकुद सामाग्री प्रदान

पूर्णपुष्टि, १७ भदौ ।

शनिवारदेखी सुरु जनता सँग माओवादी बिषेश रुपान्तरण अभियानको क्रममा त्रियुगा नगरपालिका ४ फार्सेटका आधारभूत विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । साथै उक्त वडाका ५ ओटा फुटवल क्लवलाई खेलकुद सामाग्री पनि प्रदान गरिएको छ । घरघरमा माओवादी–जनजनमा माओवादी नाराका साथ सुरु भएको उक्त अभियानको अवसरमा विद्यार्थीलाई शैक्षिक सामाग्री र खेलाडीहरुलाई खेलकुद सामाग्री वितरण गरिएको हो ।

नेकपा माओवादी केन्द्र ४ नं वडा कमिटिको आयोजनामा आईतबार विद्यालयमै गएर सामाग्री प्रदान गरिएको हो । सामाग्री अनुसासन बिभाग अध्यक्ष टंक राईले प्रदान गरे । वडामा रहेको अति कम्जोर विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री उपलब्ध गराईएको हो । प्रमुख अतिथि समेत रहेका टंक राईले माओवादी पार्टी कम्जोर बर्गका पार्टी रहेको जनाए । गरिब र अभाव सँग एक जुट भएर अघी बढ्ने एक मात्र पार्टी माओवादी रहेको जनाए । उनले जनआवश्यक बुझेर यो पार्टी तिन महिना जनताो घर आगनमा सामेल हुने र आवश्यकता पदपूर्तीका निम्ति श्रमदान लगायतका कार्यक्रमहरु निरन्तर गर्दै जाने राईले जनाए ।