
पूर्णपुष्टि, असोज १५
राष्ट्रिय जनमोर्चा उदयपुरका जिल्ला अध्यक्ष गंगध्वज कार्कीसहित एक जर्दन भन्दा बढी नेकपामा प्रवेश गरेको छ ।
त्रियुगा नगरपालिका–६ लालपत्तामा एक कार्यक्रमका साथ राष्ट्रि जनमोर्चाका जिल्ला अध्यक्ष र कांग्रेसका केही कार्यकर्तासहित एक दर्जन भन्दाबढी कार्यकर्ताहरुले पार्टी परित्याग गर्दै नेकपामा प्रवेश गरेका हुन् ।
नेकपा १ नम्बर प्रदेश सचीव तथा संघीय सासंद सुरेसकुमार राई (हिमाल)ले टीका र खादा लगायर प्रवेश गराउनुभएको थियो । नेकपाका केन्द्रिय सदस्य तथा उदयपुर जिल्ला इन्चार्ज एवम् बलदेव चौधरी, नेकपा उदयपुर जिल्ला सचीव ईश्वर मणि राउत, प्रदेश सदस्य निरज पौडेल, जिल्ला कमिटी सदस्य किरण राई लगायतका प्रभावशाली नेताहरुको उपस्थिति रहेको थियो ।

नेकपा प्रदेश सचीव राईले सुभकामना दिनु हुदै कुशल कम्युनिस्ट नेता तथा कार्यकर्ता उत्पादन गर्ने पार्टी रहेको र विभिन्न कालखण्डमा नेता नारायणकाजी श्रेष्ठको पालादेखि नै पार्टी प्रवेशको लहर चलेको अहिलेसम्म पनि निरन्तर रहिरहेको बताउनुभयो ।
जनमोर्चामा काम गर्दाको उहाँहरुको अनुभव योगदानलाई पार्टीले पहिलेदेखिनै उचित मुल्यांकन गरेको र अहिले पनि उचित मुल्यांकन हुनेमा ढुक्क रहन समेत नेकपा प्रदेश सचिव राईले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

