
पूर्णपुष्टि, असोज १५
गत वैशाख महिनायता बाढी, पहिरोलगायतका प्राकृतिक विपदबाट चार सय दुई जनाको मृत्यु भएको छ ।
बैशाख १ गतेदेखि असोज १४ गतेसम्ममा बाढी, पहिरो र चट्याङबाट चार सय दुई जनाको मृत्यु भएको छ भने चार सय ३९ जना घाइते भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
त्यस्तै एक सय एक जना हराइरहेका छन् । पहिरोमा परेर दुई सय २५ जनाको मृत्यु भएको छ भने ६४ जना हराइरहेका छन् ।
त्यस्तै बाढीमा परेर ४२ जनाको मृत्यु भएको छ भने ३७ जना बेपत्ता छन् । त्यस्तै यो अवधिमा चट्याङ लागेर ६५ जनाको मृत्यु भएको छ । मनसुन सुरु भए यता मात्रै प्राकृतिक विपदमा परेर तीन सय ६७ जनाको मृत्यु भएको छ भने तीन सय १७ जना घाइते भएका छन् ।
त्यस्तै एक सय जना हराइरहेका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

