Saturday, May 23News That Matters

रुपन्देहीमा थप १ पुरुषको कोरोना संक्रमणबाट मृत्यु

पुर्णपुष्टि,असोज १५ 

रुपन्देहीमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ स्थित बेलहियाका ६५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

६५ वर्षीय पुरुष युनिभर्सल मेडिकल कलेज भैरहवाका अस्पतालमा सोमबार  भर्ना भए थिए । उनको मंगलबार कोरोना रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ । उनमा निमोनियाको समेत समस्या रहेको अस्पतालले जनाएको छ ।