
पूर्णपुष्टि, २९ माघ ।
नेकपा माओवादी केन्द्र चौदण्डीगढी नगर कमिटीले जनयुद्ध दिवसको अवसर पारी रक्तदान कार्यक्रम गर्ने भएको छ । चौदण्डीगढी नगरपालिका वडा नं ६ बसपार्क स्थित रक्तदान कार्यक्रम गर्ने भएको हो । नेपाल रेडकक्रस सोसाईटी गाईघाटको सहयोग र नेकपा माओवादी केन्द्र चौदण्डीगढी नगरपालिकाको आयोजनामा एक दिने रक्तदान कार्यक्रम गर्न लागिएको हो । रक्तदान गर्न इच्छुकहरुले मंगलबार ९ बजे कार्यक्रम स्थलमा सहभागी बनी रक्तदानमा सहभागी हुन सकिने आयोजकले जनाएको छ ।
