
पूर्णपुष्टि, असोज १२
उदयपुरमा बालिकालाई जबर*जस्ति क*रणी गर्न खोज्ने एक जना पक्राउ परेको छ । कटारी नगरपालिका–५ निबासी १९ वर्षीय काले भन्ने टेकबहादुर भुजेल पक्राउ परेको हो ।
यहि असोज ११ गते करिब राती १ बजे स्थानीय १७ वर्षीया बालिकालाई आफ्नै घरको कोठामा सुतिरहेको अवस्थामा प्रवेश गरी ज*बर*जस्ति कर*णी गर्न प्रयास गरेको भन्ने पिडितको सुचनाको आधारमा भुजेललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका अभियुक्त भुजेललाई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

