
पुर्णपुष्टि,असोज १२
रुपन्देहीमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । शुद्धोधन गाउँपालिका–४ फर्साटिकरमा ४० बर्षीय तारा सिंह थारुको मृत्यु भएको हो ।
स्थानीय राधा आचार्यको निर्माणधीन घरमा प्लास्टर लगाउने क्रममा नाड्गो तारलाई छुँदा थारुको करेन्टलागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
लुम्बिनी प्रदेशिक अस्पताल बुटवलमा उपचारका क्रममा थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

