
सुनसरी, चैत्र ६ गते ।
सुनसरीमा एक जना जेष्ठ नागरिकको जलेर मृत्यु भएको छ । धरान–१६ की ९० बर्षीया आशादेवी रानाको विहान साढे ४ बजे जलेर मृत्यु भएको हो ।
आफ्नै घरको पुजा कोठामा धुपबाती बाल्ने क्रममा कपडामा अचानक आगो सल्किएर रानाको शरिरका बिभिन्न भागहरु जलेर घाईते भएको प्रहरीले जनाएको छ । घाईते रानाको बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा बिहान ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
