Saturday, June 6News That Matters

लागुऔषध सहित २ जना पक्राउ

मोरङ, चैत्र ६ गते ।

मोरङको सुनवर्सीबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । सुनवर्सी नगरपालिका–८ मिलन चोकबाट लागुऔषध सहित काजीमान विक र शिवनारायण चमार पक्राउ परेका हुन् ।

भारतीय बजारबाट नेपालतर्फ आउँदै गरेको मे ४ प ७७३७ नम्बरको मोटरसाईकललाई  दिउँसो १ बजे चेकजाँच गर्दा सोही मोटरसाईकलमा सवार पथरी शनिश्चरे नगरपालिका–६ का २८ बर्षिय विकर २८ वर्षीय चमारलाई लागुऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट कोरेक्स १ बोतल, नाईट्राभेट ४९ ट्याब्लेट र स्पोभन १६ ट्याब्लेट बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रङगेलीले जनाएको छ ।