Saturday, April 25News That Matters

जानाजान अरु खेलाडीको अगाडि खोक्नेलाई रातो कार्ड

पूर्णपुष्टि, साउन २०

अव नियतबस अरु खेलाडी वा खेल पदाधिकारीका अगाडि खोक्ने खेलाडीलाई रातो कार्ड दिन सक्ने निर्णय भएको छ । अन्तर्राष्ट्रिय फुटबल एसोसिएशन बोर्ड (आइफाब)ले नियतबस अरु खेलाडी वा खेल पदाधिकारी तिर खोक्ने खेलाडीलाई पनि अब रातो कार्ड दिन सक्ने निर्णय गरेको हो ।

फुटबलका नियम निर्माता तथा फुटबल एसोसिएशनले, सोचविचार गरेर वा नियतबस अरु खेलाडी वा खेल पदाधिकारीतर्फ फर्केर खोक्ने खेलाडीलाई रातो कार्ड दिने व्यवस्था गरेको जनाईएको छ ।

त्यसरी खोक्नुलाई अपमानजनक, अश्लिल वा दुर्व्यवहारजन्य भाषा वा व्यवहारको प्रयोग सरह लिइने छ । रेफ्रीले अवस्थाको विश्लेषण गरी निर्णय गर्न पाउने अधिकार दिइएको छ ।

कोरोना भाइरसको विश्वव्यापी महामारीपछि ल्याइएको यो नियम तत्काल लागू भएको बेलायतको फुटबल एसोसिएशनले जनाएको छ ।