
पूर्णपुष्टि, साउन २०
सहसचिव वीर बहादुर राईलाई सरकारले सचिव (विशिष्ट श्रेणी)मा बढुवा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले वरिष्ठ सहसचिव राईलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
राई सिँहदरवार स्थित राष्ट्रिय योजना आयोगमा कार्यरत छन् । बढुवा सिफारिस समितिले केही दिनअघि वरिष्ठ सहसचिवहरू चन्द्रमान श्रेष्ठ, गोकर्णमणि दुवाडी र राई गरी तीन जनाको नाम सचिवका लागि सिफारिस गरेको थियो ।
आगामी भदौ १५ गते उमेर हदका कारण राई अनिवार्य अवकाशमा जाँदैछन् ।
