Friday, June 5News That Matters

जापानमा आँधीबाट मृत्यु हुनेको संख्या ५६ पुग्यो

असोज २८ गते ।
‘हागिबिस’ नामक शक्तिशाली आँधीबाट जापानमा मृत्यु हुनेको संख्या ५६ पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । खोजी तथा उद्धार कार्य जारी रहेपनि हजारौँ व्यक्तिहरु बेपत्ता तथा घाइते भएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरेको अधिकारीहरूले जनाएका छन् ।
आँधी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका लागि सेना परिचालन गरिएको छ  । आँधीले विभिन्न ठाउँमा पहिरो जानुका साथै पानीको बहाव बढेपछि नदी किनाराका घर डुबानमा परेको छ ।
आँधीले गर्दा जापानमा भइरहेको लोकप्रिय रग्बीको विश्वकप प्रतियोगिता नै ओझेलमा परेको छ । आँधीले गर्दा नीनवटा खेल रद्द भइसकेका छन् । जापान र स्कटल्याण्डबीचको खेल भने तोकिएको समयमै हुने आयोजकहरुले जनाएका छन् ।
आँधीपछि उद्धारका लागि रक्षा सेना, प्रहरी र दमकलकर्मीहरू सञ्चालन गरिरहेका छन् । आँधी कम भए पनि नागानोको छिकुमा नदीको पानी आवासीय क्षेत्रमा पसेको छ ।
घरको छत र झ्यालबाट हेलिकप्टरको प्रयोग गरेर सेनाले उद्धार गरिरहेका छन् ।