Friday, May 1News That Matters

जापान जान लागेकी एक युवती गोलीसहित त्रिभूवन विमानस्थलबाट पक्राउ

पूर्णपुष्टि, चैत २८ गते ।
जापान जान लागेकी एक जना युवतीलाई प्रहरीले त्रिभूवन विमानस्थलबाट गोलीसतिह पक्राउ गरेको छ । तनहुँको भानु नगरपालिका–७ की २७ वर्षीया सोविता नेपालीलाई पक्राउ गरेको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको अपराध अनुसन्धान शाखाले जनाएको छ ।
नेपाल एयरलाइन्सको जहाजबाट आइतबार मलेसियाँ हुँदै जापान जान लागेकी सोविताको साथबाट सुरक्षा जाँचका क्रममा गोली बरामद भएको प्रहरीले जनाएको छ ।
‘एक्सरे ए’मा जाँच गर्ने क्रममा उनको सानो पर्समा एक राउण्ड गोली फेला परेको थियो । उनलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त गौशाला पठाइएको अपराध अनुसन्धान शाखाले जानकारी दिएको छ ।