Monday, April 20News That Matters

जिप दुर्घटनामा चालकको मृत्यु

काठमाण्डौँ, अषार १७

डोल्पाको ठूलीभेरी नगरपालिका–९ डाँगीबाडामा आज जिप दुर्घटनामा चालकको मृत्यु भएको छ ।

सुपानीबाट दुनैतर्फ जाँदै गरेको भे१च १६११ नम्बरको जिप दुर्घटना हुँदा ३५ वर्षीय चालक पूर्णबहादुर डाँगीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक निरञ्जन थापाले जानकारी दिनुभयो । चालक डाँगी डाँडीबागाका बासिन्दा हुन् । (रासस)