Monday, April 20News That Matters

जिल्ला अस्पताल सर्जिकल पोष्ट अपरेटिभ वार्डको उद्घाटन

पूर्णपुष्टि,माघ २६ । जिल्ला अस्पताल उदयपुरको सर्जिकल पोष्ट अपरेटिभ वार्डको उद्घाटन भएको छ । विहिवार अस्पतालको प्रगति तथा योजनाको समिक्षात्मक कार्यक्रम अन्तरगत प्रदेश नम्बर १का स्वस्थ्य मन्त्री निर्मला तावा लिम्बुले अपरेटिभ वार्डको उत्घाटन गर्नुभएको हो ।

उत्घाटनसंगै मन्त्री लिम्बुले अस्पतालका बिभिन्न स्वस्थ्य शाखाहरुको अवलोकन गर्न भएको हो । उहाले अवलोकन पस्चात बिरामीलाई छिटो छरितो भरपर्दो सेवा सुबिधा दिन निर्देश दिनुभएको छ । जिल्लामा कुनैपनि कानुनी जटिलताहरु आएमा तेस्को सावधान गर्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति तथा अस्पताल व्यवस्थापन समिति अध्यक्ष गौर बहादुर विश्वकर्मा, प्रदेश नं को स्वास्थ्य मन्त्री माननियन निर्मला तावा लिम्बु, प्रदेश सांसद नारायण बुर्जा मगर,सम्झना पाख्रिन,जिल्ला अस्पताल उदयपुरको प्रमुख डा।ज्ञानेन्द्र कुमार झा लगायतको उपस्थित भएका थिए ।