
पूर्णपुष्टि, माघ २६ गते ।
उदयपुरमा किरात राई पत्रकार संघ र अग्रज पत्रकारहरु बिच छलफल भएको छ । बिहिबार गाईघाट स्थित ड्रिमल्याण्ड होटलमा किरात पत्रकार केन्द्रीय कार्यालयका अध्यक्ष अवतार राई सहित उपाध्यक्ष रिता राई (राराहाङ) उपाध्यक्ष बिशाल राई लगायतको उपस्थितिमा कार्यक्रम भएको हो । कार्यक्रम जिल्ला कार्यसमिति उदयपुरको आयोजनामा हो ।

उक्त कार्यक्रममा बरिष्ठ पत्रकार कौशल चेम्जोङ, अग्रज पत्रकार महेश्वर चाम्लीङ, हरि कुमार राई, भोटराज राई लगायत अन्य किराती पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा किरात संस्कार संस्कृतिमा पत्रकारको भुमिका बिषयक छलफल भएका थिए । त्यस बारे बरिष्ठ पत्रकार कौशल चेम्जोङ, महेश्वर चाम्लीङ सहित भोटराज राईले प्रष्टाएका थिए । यसैगरी केन्द्रीय अध्यक्ष अबतार राईले किरात पत्रकार संघलाई क्रियाशिल बनाउ आफ्नो कार्यकालमा पूर्ण रुपमा लागि परिरहेको जनाए । राईले सोही उदेश्य अनुरुपनै केन्द्र बाट पूर्वको बिभिन्न जिल्लाहरुमा अन्तरक्रिया तथा भेटघाटको क्रममा उदयपुर आएको बताए । उदयपुरमा अग्रज पत्रकारहरुको सल्लाह सुझावलाई बिषेश ध्यान दिँदै किरात पत्रकारहरुलाई संस्कार, संस्कृति र भाषमा समेत पोख्त बनाउने तर्फ उन्मुख हुने जनाए ।

