Friday, May 15News That Matters

जिल्ला दलित पत्रकारमा नेपाली

उदयपुर, पुस ८ गते ।

राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम उदयपुर जिल्ला भेलाले राकेश नेपालीको नेतृत्वमा प्रथम कार्य समिति चयन गरेको छ । विभिन्न सञ्चारमाध्यमहरुमा कार्यरत दलित पत्रकारहरुको भेलाले सोमबार नेपालीको संयोजकत्वमा ११ सदस्य रहने गरी कार्य समिति चयन गरेको हो ।

भेलाले उप–संयोजकमा अनिशा परियार चयन गरेको छ भने सदस्यहरु क्रमश : दिनेश परियार, मिलन परियार, हिमाल दुलाल, मिलन विक, सुरक्षा परियार, एकराज विक, पर्मिला विक, मिरा रसाईली र विश्व रसाईली सर्वसहमतबाट निर्वाची भएका हुन् ।

संविधान सभाका सस्दय तथा राष्ट्रिय दिलत पत्रकार संघका केन्द्रिय अध्यक्ष विनोद पहाडीले कार्य समितिलाई शुभकामना दिदै निष्पक्ष ढंगले कलम चलाउन आग्रह गरेका छन् । दलित समुदायको हक अधिकारको विषयलाई कलमको माध्यमबाट उजागर गर्ने सवै पत्रकारलाई अक्षय कोष खडा गरेर कम्तिमा ५० हजार रुपैयाँले पुरस्कृत गर्ने उनले बताएका छन् ।

पत्रकारीता क्षेत्रमा धेरै अवसरहरु भएकाले नयाँ कार्य समितिलाई टिकेर निष्पक्ष रुपले काम गर्न जिल्ला समन्वयन समितिका प्रमुख खड्गबहादुर परियारले आग्रह गरेका छन् । पत्रकारीता क्षेत्रमा प्रवेश गरेका व्यक्तिहरुले निरन्तरता दिनु पर्ने उनले बताए । नयाँ कार्यसमितिलाई कार्यकालको शुभकामना दिएका छन् ।