Friday, May 15News That Matters

सागरको चट्ट परि आकीछ्यौको अडियो सार्वजानिक

विक्रम राई
गाईघाट/पुष,८

उदयपुरका नव गायक सागर शर्मा पराजुलीको चट्ट परि आकीछ्यौको अडियो सार्वजानिक भएको छ । लामो समयसम्म सांगितक क्षेत्रको धर्य र संघर्षमा जुटेको शर्माले आफ्नै स्वरमा रहेको अडियो रेडियो एनआरएन बाट पहिलो पट सार्वजानिक गरेको हो । 

शर्माले थुप्रै रेडियो र युट्युव तथा बिभिन्न मिडिया बाट आफ्नो अडियो सार्वजानिक तथा प्रशारण गरेको छ । गितमा शन्तोस खनालको शव्द, दिपक शर्माको संगित, विपिन आचार्यको संङयोजन र सागर शर्मा पराजुलीको स्वर रहेको छ ।

अडियो स्थानीय तथा राष्ट्रिय रेडियोहरुवाट गुन्जिरहेको र सागर सर्मा पराजुली नामक युट्युव च्यानल बाट पनि सुन्न सकिने शर्माले बताएका छन् ।

सानै देखी गित संगितमा रुची राख्ने शर्माको सांगितक यात्राको पहिलो गित सार्वजानिक गर्नु पाउँदा निकै खुसि ब्यक्त गरेको छ । ठुलो मेहनत र प्रयासपछिको अडियोलाई दर्शक स्रोताहरुले भरपुर मनपराउने आशामा आफुरहेको समेत शर्माले बताए ।

शर्माले यस गितको भिडियो पनि चाँडै बजारमा ल्याउने तयारी भईरहेको बताएका छन् ।

अडियोको लागि तलको लिंकमा थिच्नु होला

https://www.youtube.com/watch?v=DAF1QOXIPy0