Monday, June 22News That Matters

जिल्ला प्रशासन कार्यालय उदयपुरको एक अधिकृतलाई कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, बैशाख १७

जिल्ला प्रशासन कार्यालय उदयपुरका एक अधिकृतमा कोरोना संक्रमण पुष्टि भएको छ । आज बिहान गरिएको एन्टिजेन टेष्टबाट उनिलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएसँगै उनी होम आईसोलेसनमा बसेका छन् । प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईले खासै त्यस्तो लक्षण नदेखिएकाले कार्यालयकै क्वाटरमा एक्लै सुरक्षितसाथ बसेको बतानुभयो ।‘दुई/ तीन दिन अघिदेखि कोरोनाको जस्तो लक्षण देखिएपछि अधिकृत कार्यालयबाट बिदा लिई कोठामा नै बस्दै आएका थिए,  ‘स्वास्थ्यमा सामान्य समस्या भएपछि आफै जोगिएर बसेकाले अन्य कर्मचारीलाई खासै समस्या होला जस्तो नलागेको  सेढाईले बतानुभयो ।

कोरोना संक्रमणको जोखिम बढे सँगै जिल्लामा पनि स्वास्थ्य कार्यालयले पिसिआर र एन्टेजिनको माध्यमबाट कोरोना परिक्षणको कामलाई अघी सारेको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताउनुभयो ।