
पूर्णपुष्टि, बैशाख १६
डा. प्रतिज्ञा आचार्य ७ महिना देखि नेपालगन्जको भेरी अस्पतालमा कार्यरत छिन् । उनि भेरी अस्पतालका मेडिकल अफिसरको रुपमा कार्यरत महिला डाक्टर हुन् । उनि यहि कोरोना उपचारमै खटिन भेरी अस्पताल नेपालगन्ज आएकी हुन् । कोरोना संक्रमणको अवस्था तिब्र बढिरहेकाले अहिले भेरी अस्पतालमा प्यासेन्टहरु भरिभराउ छ ।

हालै अन्य ठाउँहरुमा सुविधा सम्पन्न प्रविधिमय कोरोना हस्पिटलहरु नबन्दा भेरी अस्पताल गम्भिर बिरामीको उपचारको केन्द्र नै बनेको छ । यहाँ पनि बिरामीको चाप सँगै बिभिन्न प्रविधि, जनशक्ति जस्ता समस्याले संक्रमितहरुलाई सरल सुविधा सहितको उपचार दिन नसकिरहेको हुँदा आफु निकै दुखिद रहेको उनि बताउँछिन् । दिनदिनै बिरामीको चाप बढे पछि सबैलाई सहज उपचार दिन सकिँदैन पहिलो चरण्का कोरोनामा भन्दा यो दोस्रो चरणमा धेरै प्यासेन्टहरु हस्पिटल भर्ना भएको छन् ।
त्यो पनि निकै सिरियस भएपछि अन्य हस्पिटल बाट यहाँ रेफर गर्छ, यहाँ पनि उपचार गर्न असहज हुन थालेको छ । भए सम्म पुगे सम्म सक्दो प्रयासमा उपचार गर्न खोजिरहे पनि बिरामीहरु बचाउन निकै समस्या भैरहेको डा. प्रतिज्ञाले बताईन् ।
सिरियस बिरामीहरु आफुहरुलाई थाहै नपाई अन्य हस्पिटलले रेफर गरिदिन्छ । बिरामीहरु बाहिर अक्सिजन नपाएर बसिरहेको हुन्छ । यसरी जानकारी बिनै बिरामीहरु पठाउँदा झनै समस्या हुने र अव्यवस्थीत बन्ने उनि बताउँछिन् ।
बिरामीको चाप र बिरामीको सिरियस अवस्थाले हामि भ्याई नभ्याई हुन्छौ । पानी खाने पनि फुर्सद हुँदैन । तर पनि पहिलो हाम्रो उदेश्य भनेको चाँडै बिरामी बचाउँ र चाँडै निको पारौँ भन्ने हुन्छ ।
बिरामीहरु नर्मल अवस्थामा उपचार गर्न गर्न आएत बचाउन सकिन्थ्यो, लास्ट स्टेजमा आउनुहुन्छ । प्रयाप्त जनशक्ति र प्रविधिको अभावहरुले बिरामीहरुलाई बचाउन निकै गाह्रो भैरहेको छ । मृत्यु देख्दा साह्रै नराम्रो लाग्छ । अब उहाँत हुनुहुन्न अलिक अगाडी आएको भए बचाउन सकिन्थ्यो भनेर निकै दुखित हुन्छु डा. प्रतिज्ञाले भनिन् ।
बिरामी सिरियस भाको थाहा हुन्छ । बिरामी अन्तिम अवस्थामा पुगेको थाहा हुँदै गर्दा पनि सक्दो प्रयास गर्दै हौसाला दिने काम हुन्छ । फोक्सोले गर्दा केहि रात हुन्छ तर पनि त्यो फोक्सोले कुनै काम गरिरहेको हँुदैन् । यो हेर्दा निकै दुखित हुन्छु, हेर्दाहेर्दै बचाउन सकिन्न र आफ्नै अगाडी मृत्यु भएको बिरामीे आँखाले हेर्न सक्दिन् ।
अन्तिम अवस्थाको बिरामीहरु बोल्दा बोल्दै एकै मिनटमा रहँदैन यो क्षणले मलाई निकै नरमाईलो लगाउँछ ।
अहिले त निकै स्ट्रङ भए भैसकेको छु । पहिले पहिले त निकै डर लाग्थ्यो । बिरामीलाई बचाउन अन्तिम सम्म पनि हामि हाम्रो हातमा रहेसम्म प्रयास गर्छौँ, बिरामीलाई अन्तिम सम्म पनि समय दिन्छौ अब हाम्रो हातमै छैन भने त केनै गर्न सक्छौँ र हामि पनि उनिको भनाई थियो ।
उनिले कसैले पनि कोरोनालाई सामान्य नठान्दिन अनुरोध पनि गरिन् । रुघा खोकी हो यसले केनै गर्छ भन्ने भानमा कोहि पनि नलाग्दिन उनि अनुरोध समेत गर्छिन् । सक्दो सम्म बिरामीनै नहुने गरी कोरोना बाट बच्न उनीको आग्रह छ ।
हस्पिटल भित्र बिरामीले बचाईदिन भनिरहँदा बाहिर फेरी लापर्वाही गरेर हिडिरहेको देख्दा निकै दुख लागेर आउँछ । बिरामीहरुले हामिलाई बचाईदिनु भनी हात जोडिरहेको हुन्छ । बाहिर भने सामान्य मान्छेहरुले कोरोनालाई निकै सामान्य रुपमा लिएर लापर्वाहि गरिरहेको पनि देखिन्छ ।
हस्पिटलमा बिरामीहरुले नबुझ्ने समस्या अर्को ठुलो समस्या रहेकोमा पनि उनिले गुनासो गरिन् । बिरामीहरुको अवस्था हेरेर हस्पिटलले उपचारमा ध्यान पुराएको हुन्छ, यस्तो बेला बिरामीहरुले आफुलाई भेदभाव भयो भन्ने कुराहरु पनि गर्छन् ।
कुनै सिरियस बिरामीहरुलाई बचाउन डाक्टरको जति भुमिका रहन्छ त्यो हामिले गरेका हौँ, तपाईहरुले यस प्रति जेजति बुझ्नु हुन्छ ठिकै छ । त्यो तपाईहरुको बुझाई हो, तर हामिलाई पनि यो प्रष्ट छ कि हामिले पनि कसरी कस्तो अवस्थामा बिरामीको उपचारमा सबै कुराहरु मिलाएर काम गरिरहेका छौँ ।
हामि उपचारमा खड्दा लगाउने सामाग्रीहरु समेत लगाउन नपाउने गरी बिरामीहरुले अत्याउँछन् । तत्काल नै त हामि पनि कसरी पुगिहाल्न सकिन्छ र पिपिइ लगाउन टाईम लाग्छ उनिले भनिन् । भएको स्वास्थ्यकर्मीहरु हर प्रहर नै भित्र बाईर खटिरहेको अवस्था छ । अब जनशक्ति पनि त कम छ नी । सबैतिर मिलाउँदा मिलाउँदै त बिरामी सम्म जान त केहि समय लाग्छ, मानौ कुनै बिरामीलाई १० बजे मेरिटेसन गर्नु छ त्यसको बिचबिचमा सिरियस बिरामी आयो भने त उता पनि सिरियस बिरामीलाई हेर्नु पर्यो नि । मेरिटेसनको समय १२ बजे पनि सर्न सक्छ यो अवस्थामा बिरामीले पनि बुझिदिदैन् ।
सिरियस बिरामीईलाई बेड दिँदा आफुलाई बिभेद भएको भन्ने आरोप आउँछ यो सिस्टरहरुको काम छैन् भनेर मनपरी शब्दहरु प्रयोग गर्छन् । बेड भएर पनि नदिएको भन्ने कुरा आउँछ बेड खाली राखेर हाम्रो के उदेश्य पुरा हुन्छ र ? हामि सबै बिरामीहरुलाई निगरानिमै राख्छौँ को घम्भिर बन्दै छ कस्को अवस्था ठिक छ भनेर त्यसको लागि धेरै आत्तिनु पर्ने कुनै कुरा नै छैन् । गाली धेरै खाइन्छ, तर बानी परिसकेका छौ, अनेकौँ समस्या र ज्यान जोखिममा राखेर पनि काम गरिरहेका छौँ ।
