
पूर्णपुष्टि, बैशाख १७
सुनको भाउ दिनहु जसो घट्ने क्रम जारी छ । आज पनि तोलाको ९ सयले सुनको भाउ घटेको छ । कोभिडको दोस्रो लहरका कारण अन्तर्राष्ट्रिय मूल्यमा आएको गिरावटको असर नेपाली बजारमा पर्दा सुनको मूल्य ओरोलो लागेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबारका लागि छापावाल सुनको प्रतितोला भाउ ८९ हजार ९ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बिहीबार छापावल सुन ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । आजका लागि तेजावी सुनको भाउ ८९ हजार ४५० रुपैयाँ कायम भएको छ भने चाँदीको प्रतितोला मूल्य २० रुपैयाँले घटेको छ ।
बिहीबार प्रतितोला १३१५ रुपैयाँमा कारोबार भएको चाँदीको आजको खरिद बिक्री मूल्य १२९५ रुपैयाँ प्रतितोला तोकिएको छ ।
