Tuesday, April 21News That Matters

जिल्ला स्तरिय त्रियुगा मेयर कप ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

पूर्णपुष्टि, १७ । गणतन्त्र दिवसको अवसरमा जिल्ला ब्याडमिन्टन संघ उदयपुरले आयोजना गरेको जिल्ला स्तरीय त्रियुगा मेयर कप ब्याडमिन्टन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ । त्रियुगा नगरपालिका वडा नं. १० बोक्से स्थित जिल्ला ब्याटमिनटन संघको कवर्ड हलमा दुई दिन सम्म संचालन गरिएको प्रतियोगिताको उद्घाटन प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईडेलले गर्नुभएको थियो ।

जिल्ला स्तरीय खेलको पुरुष डबल ए डिभिजनमा सुशिल तिमसिना र सुनिल चौधरीको जोडीले प्रथम स्थान हासिल गरेको छ । मोतिराम राई र बादल खतिवडाको जोडीले दोस्रो स्थान पाएको छ भने तेस्रो स्थानमा हिमाल श्रेस्ठ र मिन बहादुर खड्काको जोडी र बल बहादुर कार्की र जेनिस मगरको जोडी रहेको छ ।

त्यस्तै पूरुष डबल बि डिभिजनमा निर बहादुर राई र ईसान पुलामि मगरको जोडीले प्रथम स्थान हासिल गरेको छ । बिमल गौतम र सन्जय खड्काको जोडीले दोस्रो स्थान पाएको छ भने तेस्रो स्थानमा सुशिल कुमार शाही र सुशिल तिमसिनाको जोडी र दिनेश दनुवार र खगेन्द्र बल तमाङको जोडी रहेको छ ।

त्यस्तै महिला डबलमा रोजि राई र प्रेयङ्का राईको जोडीले प्रथम स्थान ओगटेको छ । सिला राई र नितसा रैका मगरको जोडीले दोस्रो स्थान पाएको छ भने तेस्रो स्थानमा चन्द्रकला राई र यसोदा राईको जोडी र राम कुमारी राई र दिया राईको जोडी रहेको छ ।