Sunday, June 14News That Matters

जिवन लघुवित्त गाईघाटका प्रमुख बिकाश साहले माफी नमागे सम्म आन्दोलन रोक्दैनौ

पूर्णपुष्टि ८ जेष्ठ । गाईघाट जिवन लघुवित्त बित्तिय संस्था गाईघाट शाखाको प्रमुखले माफी नमागे सम्म आफ्नो आन्दोलन नगरोक्ने लघुवित्त ज्याजतिको विरुद्ध संघर्ष समितिले जनाएको छ । आईतबार गाईघाट स्थित जिवन लघुवित्तिय संस्था कार्यालय अगाडी प्रहरी र संघर्ष समितिबीच भएका थिए । संघर्ष समिति उदयपुरगढी गाउँपालिाका अध्यक्ष तथा लघुवित्त ज्याजति बिरुद्ध अभियानता माधव कार्कीका अनुसार झडपमा दुई आन्दोलनकारी घम्भीर र अन्य तिन जना सामान्य घाईते भएको जनाए ।

लघुवित्त संस्थाहरुले लगाएको चर्को ब्याज र कानुन मापदण्ड विपरिद गरेको ब्याजको हिसाव किताव बारे ११ महिना देखी आफुहरु आन्दोलनमा रहेको जनाए । यस्तै त्यो हिसाव किताबबारे सरकारले एक किसिमको धाराणा नलिए सम्म महिलाहरुको घरमा गएर पैसा उठाउने र दवाव नदिनु भन्नेबारे पत्र बुझाउने काम भैरहेको कार्कीले जनाए । पत्र सबै ठाउँमा बुझाउँदै गाईघाटमा पनि बिहिबार बुझाउने क्रममा पत्र बुझ्नुका साटो गाईघाट शाखा प्रमुख बिकाश साहले उल्टै च्यातेर डस्वीनमा हालेको र आफुहरुलाई गालीगोज गरेको कार्कीले जनाए । त्यसैबारे प्रमुख साहाले आन्दोलनकारीहरुको बीच माफ माग्नु पर्ने समितिको अडान रहेका थिए । सोही अडानकाबीच झडप सिर्जना भएको कार्कीको भनाई छ । झडमा केही प्रहरी समेत घाईते भएको जनाईएको छ ।