Saturday, January 31News That Matters

जुवाजन्य गतिविधि राेकिएसंगै शान्तमय तावरणमा माैवासी मेला सम्पन्न

पूर्णपुष्टि/उदयपुर, मंसिर ४ ।
उदयपुरकाे माैवासी मेला गएराती शान्तमय वातावरणमा सम्पन्न भएकाे छ । उदयपुरगढी गाउँपालिका-५ माैवासी स्थित धार्मिक मेलाकाे जुवाजन्य गतिविधिहरु स्थानीय प्रशासनले राेकेपछि शान्तमयरुपमा सम्पन्न भएकाे हाे ।
स्थानीयहरुका अनुसार गएराती त्यहाँ कुनै जुवाजन्य गतिविधि भएन । जुवा खेल्न बनाईएका टहराहरु सबै भत्काईएका छन् । जाेडिएका बिजुली लाईन काटिएका छन् ।
प्रशासनले सशस्त्र प्रहरी र नेपाल प्रहरीकाे थप बल मेलामा खटिएकाे थियाे ।
प्रमुख जिल्ला अधिकारी धर्मराज जाेशीले धार्मिक मेलालाई धार्मिक मेलाकै रुपमा सम्पन्न गराउन सशस्त्र प्रहरीसमेत खटाउनुका साथै नेपाल प्रहरीकाे थप बल खटाईएकाे बताउनुभयाे ।
गाउँका बासिन्दाहरुलाई दवावमा राखेर जुवा सञ्चालन गर्ने गरिएकाेमा स्थानीय प्रशासनले राेकिदिए पछि स्थानीय खुसी छन् ।
“जुवाले कतिपय श्रीमान-श्रीमतीबीच घरायसी झगडा हुने, घरकाे जायजेथा र छाेराछाेरी पढाउने खर्चसमेत स्वाहा बनाएकाे थियाे ।” एक स्थानीयले भने – “एकरात राेकिदा पनि धेरैकाे जाेगिएकाे छ ।”
धार्मिक मेलालाई रमाईलाे र परम्पराकाे नाममा त्यहाँ कराेडाैकाे खेलामेला हुनेगरी जुवा सञ्चालन गर्ने, बिकृति र गरिबी निम्त्याउने काम भएकाे थियाे । गएराती धार्मिक मेलाकै रुपमा देखिएकाे उक्त दुईदिने मेला आजबाट सकिएकाे छ ।
मेला आयाेजक समितिका अध्यक्ष हरिकेशर राईले गएराति साैहाद्रपूर्ण वातावरणमा सकिएसंगै मेला समापन भएकाे बताए ।

जुवा खेल्न बनाईएका टेन्ट/टहरा यसरी भत्काईएकाे तस्विर :