जेलमा रहेका रेशम चौधरीले आफ्नै श्रीमतीलाई अध्यक्ष बनाएर नयाँ पार्टी दर्ता गर्दै

पूर्णपुष्टि, पुष १९
जेलमा रहेका रेशम चौधरीले आफ्नै श्रीमतीलाई अध्यक्ष बनाएर नयाँ पार्टी दर्ता गर्ने भएका छन् । डिल्लीबजार कारागारमा रहेका सांसद चौधरीले नागरिक उन्मुक्ति पार्टी गठन गर्न लागेका हुन् ।
आफ्नै अध्यक्षतामा उक्त पार्टी गठन गर्न लागिएको भए पनि त्यो सम्भव नभएपछि चौधरीले आफ्नी श्रीमती श्रेष्ठ रञ्जिताको नाममा पार्टी गठन गर्ने भएका छन् ।

रञ्जिताका अनुसार नागरिक उन्मुक्ति पार्टीको प्रस्तावित अध्यक्ष उनी छिन् । उहाँका अनुसार श्रीमानको नाममा पार्टी दर्ता गर्ने योजना रहेको छ, श्रीमानको नाममा नभए आफ्नै अध्यक्षतामा पार्टी दर्ता गर्न लागिएको हो ।
नयाँ पार्टी दर्ता गर्न श्रेष्ठसहितको टोली सोमबार मध्याह्न भृकुटीमण्डपबाट झाँकीसहित निर्वाचन आयोगमा जाँदैछ ।
डिल्लीबजार कारागारका अनुसार चौधरीले पार्टी दर्ताका लागि आफैं निर्वाचन आयोग जान खोजेका थिए । उनले आइतबार कारागार व्यवस्थापन विभाग र निर्वाचन आयोगमा निवेदन दिएका थिए ।
चौधरी टीकापुर घटनामा एसएसपी लक्ष्मण न्यौपानेसहितको हत्या आरोपमा जेलमा छन् । उनले जेलबाटै चुनाव उठेर जितेका थिए ।
पछि चौधरी राष्ट्रिय जनता पार्टीमा आवद्ध थिए । राष्ट्रिय जनता पार्टी फुटेर लोकतान्त्रिक समाजवादी पार्टी गठन भएपछि चौधरी सोही पार्टीमा थिए ।
तर, थरुहट आन्दोलन र बन्दी रिहाबारे सरकार, मधेसी दल कसैले पनि चासो नदेखाएपछि आफैं दल खोल्ने निर्णयमा पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0