Tuesday, June 9News That Matters

जेसिस उदयपुरद्धारा पद हस्तान्तरण तथा पुरस्कार वितरण

पूर्णपुष्टि, पौष २५

जेसिस उदयपुरको १० औँ स्थापनाको अवसरमा जेसिस उदयपुरले पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रमको अयोजना शनिवार गाईघाटमा गरेको छ ।

सबु थापाको नयाँ नेतृत्व सँगै ११ सदस्यी कार्यसमितिका साथ जेसीस उदयपुरले नयाँ कार्यसमिति पाएको छ । निवर्तमान अध्यक्ष ललित नायकले नयाँ अध्यक्ष थापालाई पद हस्तान्तरण गर्दै नयाँ कार्यसमिति चयन भएको हो ।

पद हस्तान्तरण सँगै जेसीस उदयपुरको संस्थापक अध्यक्ष लगाएतलाई सम्मान तथा पुरस्कार वितरण समेत गरिएको छ । पुरस्कार वितरण त्रियुगा नगरपालिकाका मेयर तथा कार्यक्रमका प्रमुख अतिथि बलदेव चौधरीले गर्नुभयो ।

समितिमा कार्यकारीनी उपाध्यक्षमा इश्वरमान राई, अर्को कार्यकारीनी उपाध्यक्ष संगिता घिमिरे, उपाध्यक्ष बादल खतिवडा, उपाध्यक्ष पवन राउत, उपाध्यक्ष पिंकी ज्वाला चौधरी, उपाध्यक्ष सुरज साह रहेका छन् । त्यसैगरी माहासचिवमा विष्णु कार्की कोषाध्यक्षमा नविता यादव, रहेकी छिन् भने कानुनी सल्लाहकारमा सौगात केसी रहेका छन् ।

यता थिम डाईरेक्टरमा अनिसा बुढाथोकी, टे«निङ कोडिनेटरमा मिथुन ठाकुरर बजार व्यवस्थापकमा अमर ठाकुर रहेका छन् । अध्यक्ष र उपाध्यक्ष सात जना बाहेक बाँकी अन्यलाई भने वर्तमान अध्यक्षले समितिमा मनोनित गरेका छन् ।