
पूर्णपुष्टि, पौष २६
ठगी मुद्दाका फरार अभियुक्त त्रियुगा नगरपालिका–१२ का २५ बर्षीय शुरेश गुप्तालाई प्रहरीले पक्राउ गरेको छ । खोज तलासको क्रममा जिल्ला प्रहरी कार्यालय उदयपुकबाट खटिएको विशेष प्रहरी टोलीले फरार पक्राउ अभियान अन्तरगत साहलाई शुक्रवार साढे ६ बजे पक्राउ गरेको हो ।
जिल्ला अदालत उदयपुरको मिति २०७६ चैत २९ गते को फैसलाले अभियुक्त गुप्तालाई ११ महिना १२ दिन कैद सजाय तोकेको थियो । उक्त फैसला कार्यान्वयनका लागि अभियुक्तलाई जिल्ला अदालत उदयपुर पठाइने जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
