
पूर्णपुष्टि, साउन १३ । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १ जोगीदह निवासी राम कुमार राईलाई क्यान्सर रोगको उपचारका लागि आर्थिक सहयोग गर्न अपिल गरिएको छ ।
जोगीदह निवासी ना.प्र.नं. १४१०१४÷१०४२८९ का राई हाल बि.पि. कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा उपचाररत छन् । क्यान्सर भएका राईको निरन्तर उपचार आवश्यक भएको तर पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले उपचारमा कठिनाइ भएको छ । विपन्न परिवारका राईको परिवारले महँगो उपचार खर्च व्यहोर्न नसक्ने अवस्थामा पुगेको छ ।
त्रियुगा नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष मनोज चौधरीले राईको अवस्थालाई मध्यनजर गर्दै आर्थिक सहयोगका लागि सिफारिस गरेका छन् । चौधरीले भने, ‘राम कुमार राई हाम्रो वडाका नागरिक हुन् । उहाँको स्वास्थ्य अवस्था गम्भीर छ र तत्काल उपचार आवश्यक छ ।’ विभिन्न संघ संस्था तथा व्यक्त्तिहरुले कार्यालय तथा घरदैलोमा आउदा आफ्नो स्वेच्छाले आवश्यक आर्थिक सहयोग गरिदिन अनुरोध गरिएको छ ।
