Saturday, April 18News That Matters

ज्याकलिनको वर्थ डे आफ्नै देशमा

साउन, २७ गते ।

आफ्नै देश पुगेर बलिउड नायिका ज्याकलिन फर्नान्डेजले जन्मदिन मनाएकी छिन् । आफ्नो जन्मदिन मनाउन ज्याकलिन श्रीलंका पुगेकी हुन् ।

ज्याकलिनले शनिबार श्रीलंकाको समुन्द्री किनारमा पुगेर केक काटेकि थिईन् । समुन्द्री किनारमा साथीभाइ र आफन्तसँग केक काट्दा ज्याकलिन खुशी थिइन् । उनले किनारमा बोल्ड तस्वीर समेत खिचाएकी छिन् ।

नायिका ज्याकलिनको बलिउडमा राम्रो क्रेज रहेको छ । विशेषगरि नायक सलमान खानसँग जोडी बाँधेर काम गरेका चलचित्र बक्स अफिस हिट भएको थियो । ज्याकलिनले आफूलाई श्रीलंकाको समुन्द्र खुबै मनपर्ने भएकाले पनि केक काट्न त्यस ठाउँलाई रोजेको जनाईएको छ ।